बागडोग्रा: तराई चिया बगान मजदुर र श्रमिक कल्याण समाजले चिया बगानका खेलाडीहरूको एकदिवसीय नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको छ।
बागडोग्राको चित्तरञ्जन हाईस्कुल खेलकुद मैदानमा आइतबार भएको खेलमा चिया बगान र स्थानीय टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो। खेलको उद्घाटन सिलगढी महाकमा परिषद्का अध्यक्ष अरुण घोषले गरेका थिए। दीप प्रज्वलन र नृत्य गरेर खेलको उद्घाटन गरिएको थियो।

सो अवसरमा अध्यक्ष अरुण घोषले दुर्गम क्षेत्रका खेलाडीलाई मैदानमा ल्याएर लागुऔषधमुक्त वातावरण बनाउन खेलकुदको आवश्यकता रहेको बताए। उनले यो संस्थाको प्रशंसा गरे।

यसै क्रममा चिया बगानका खेलाडीलाई राम्रो सुविधा उपलब्ध गराउने र आफ्नो प्रतिभालाई जनतासामु ल्याइने उद्देश्यले यो खेल आयोजना गरिएको संस्थाका अध्यक्ष इला देले बताइन्।