खोरमा थुनियो चितुवा

IMG-20250323-WA0180

डुआर्स: डुअर्समा चितुवालाई खोरमा थुन्ने क्रम जारी छ। यसै क्रममा आज मेटेली ब्लक अन्तर्गत चालसाको पादरी कोठी क्षेत्रमा चितुवा खोरमा थुनिएपछि ग्रामीणहरू भयमुक्त भएका छन् भने वन विभागलाई पनि राहत पुगेको छ।
गाउँलेहरुले बताए अनुसार, चितुवालाई समात्नको लागि बाख्रालाई चारोको रूपमा प्रयोग गरी खोरमा राखिएको थियो। सोही खोरमा आइतवार बिहान चितुवा थुनियो। बिहान-बिहान क्षेत्रवासीले चितुवाको गर्जन सुने र खोर छेउमा पुग्दा चितुवा खोरमा थुनिएको देखे। यो खबर फैलिनसाथ घटनास्थलमै ठूलो भीड़ भेला भयो। पछि घटनाको सूचना खुनिया स्क्वायडलाई दिइयो। खुनिया स्क्वायड रेञ्जका रेञ्जर सजल कुमार दे समेत वनकर्मीहरू घटनास्थलमा पुगेर चितुवाई आफ्नो कब्जामा लिए।
स्मरण गराइन्छ, बितेका केही दिनदेखिको क्षेत्रमा चितुवाले लगातार घर पालुवा जनावरहरूमाथि आक्रमण गर्दै आइरहेको थियो। यसबाट भयभित ग्रामीणहरूले क्षेत्रमा खोर राख्ने निवेदन वन विभागसित गरेका थिए। वन विभागले २०-२५ दिन अगाड़ि यहाँ खोर राखिदिएको थियो। चितुवा खोरमा थुनिएको घटनाले स्थानीयहरूले ठूलो राहत महसूस गरिरहेका छन्। रेञ्जर सजल कुमार देले बताए, चितुवाको शारीरिक परीक्षण गरिएपछि यसलाई गोरूमारा जंगलमा छोड़िनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement