सिलगढी: उत्तर बङ्गालको तराई क्षेत्रको आकाश बिहानैदेखि कालो बादलले ढाकेको छ। बिहान सिलगढी सहित विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ।

समता र हिमाली भेगका विभिन्न स्थानमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले यसअघि नै पूर्वानुमान गरेको थियो।

मैदानी इलाकामा वर्षा सुरु भएसँगै उत्तर सिक्किमका विभिन्न भागमा भारी हिमपात सुरु भएको छ।