कोचबिहार: उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले चौधरी हाटमा सडक निर्माणको शिलान्यास गरेका छन्।
मन्त्री उदयन गुहाले चौधरी हाटदेखि नायर हाटसम्मको सडक निर्माणको आज शिलान्यास गरेका छन्। पश्चिम बङ्गाल सरकारको पञ्चायत तथा ग्रामीण विकास विभागको आर्थिक सहयोगमा यो महत्वपूर्ण सडकको निर्माण सुरु हुन लागेको हो। लामो समयदेखि स्थानीय बासिन्दाले आवतजावतलाई सहज बनाउन सडक फराकिलो बनाउनुपर्ने माग गर्दै आएका छन्। सो मागलाई गम्भीरतापूर्वक लिएर सम्बन्धित विभागले सडक विस्तार र विकासको योजना स्विकारेको छ।
आजको उद्घाटन समारोहमा उत्तर बंगाल विकास मन्त्री उदयन गुहा, दिनहाटा नम्बर २ ब्लक तृणमूल कांग्रेस अध्यक्ष दीपक कुमार भट्टाचार्य, चौधरीहाट ग्राम पंचायत प्रधान र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। कार्यक्रममा बोल्दै, उत्तर बङ्गाल विकास मन्त्रीले भने, “माननीय मुख्यमन्त्री ममता बनर्जीको नेतृत्वमा सम्पूर्ण राज्यमा विकासको निरन्तरता छ। सरकारले आम जनताको हितमा निरन्तर काम गरिरहेको छ र यो सडकको निर्माण पनि त्यसैको महत्त्वपूर्ण भाग हो।”
उनले सबैलाई ममता बनर्जी र तृणमूल कांग्रेसको हात बलियो बनाउन आह्वान गरे ताकि भविष्यमा पनि यस्ता विकास गतिविधिहरू जारी रहोस्।
कार्यक्रममा वक्ताहरुले सरकारको विकास कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि आम जनताको हितका लागि थप योजनाहरु संचालन गर्न पहल गरिने आश्वासन दिए।