मिरिकमा कार गहिरो खाडलमा खस्दा दुई पर्यटकको मृत्यु

IMG-20250322-WA0222(1)

सिलगढी: मिरिकमा पर्यटक बोकेको गाडी अनियन्त्रित भई खाल्डोमा खस्यो। यस घटनामा दुई जनाको मृत्यु भएको छ भने केही पर्यटकहरु घाइते भएका छन्। मिरिकको गयराबारीमा आज दुर्घटना भएको हो। सुखियाबाट सिलगढी आउँदै गर्दा यो भयानक दुर्घटना भएको बताइएको छ। गाडीमा धेरै पर्यटक थिए। गाडी गयराबारी पुग्ने बित्तिकै एक्कासी नियन्त्रण भई खाल्डोमा खसेको थियो। यो भीषण दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा धेरै मानिस घाइते भएका छन्। घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।


खबर पाएलगत्तै पुलिस र स्थानीयवासी घटनास्थलमा पुगेर उद्धारका लागि अघि बढेका थिए। दुवैको शव निकालेर पोष्टमार्टमका लागि पठाइएको छ। पछिल्लो विवरण अनुसार मृतकको नाम खुल्न सकेको छैन। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement