मेण्टेभीडियो (उरुग्वे): फिफा वर्ल्ड कप क्वालीफायर २०२६-को दक्षिण अमेरिकी चरणमा अर्जेण्टिना र ब्राजीलले रोमाञ्चक जीत हासिल गऱ्यो। शुक्रवार राति खेलिएको म्याचमा अर्जेण्टिनाले शक्तिशाली उरुग्वेविरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। यस अवे म्याचमा ४४ प्रतिशत पोजेशनको साथ खेल्ने अर्जेण्टिनाई टीमलाई जीत हासिल गर्न निक्कै गाह्रो पऱ्यो। म्याचको मध्यान्तरसम्म कुनै गोल भएन। त्यसपछि विंगर थियागो अल्माडाले ६८औं मिनटमा अर्जेण्टिनाई टीमलाई बढ़त दिलाए। अन्तमा त्यही बढ़तले म्याचको फसेला गऱ्यो। म्याचको अन्तिम क्षण (इञ्ज्युरी टाइमको पाँचौ मिनट)-मा अर्जेण्टिनाई खेलाड़ी निकोलस गोञ्जालेजलाई रेड कार्ड देखाइयो। यस जीतपछि अर्जेण्टिना १३ वटा म्याचमा २८ पोइण्ट्सको साथ शीर्ष स्थानमा कायम रह्यो। यसरी उरुग्वे २० पोइण्ट्सको साथ चौथो स्थानमा रहन पुग्यो। यसरी इक्वेडोरले भेनेजुएलालाई २-१-ले पराजित गरी आफ्नो क्षमता प्रदर्शित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७१ प्रचिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट दुवै गोल एनर भेलेन्सियाले गरे। यस ३५ वर्षीय फरवर्डले ३९औं र ४६औं मिनटमा गोल गरे। यसरी भेनेजुएलाबाट झोण्डर काडिजले दोस्रो हाफको इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरे। यस जीतपछि इक्वेडोर २२ पोइण्ट्सको साथ दोस्रो स्थानमा पुग्यो। यसरी भेनेजुएला १२ पोइण्ट्स लिएर आठौं स्थानमा रहेको छ।
यसबीच ब्राजीलले कोलम्बियाविरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। म्याच चरम रोमाञ्चक र उतार चड़ाउले भरिएको रह्यो। आफ्नो होम ग्राउण्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीलले शुरुवातमै बढ़त हासिल गरे पनि म्याच अन्तिम समयसम्म १-१-को बराबरीमा रहेको थियो। ब्राजीललाई राफिन्हाले शुरुमै बढ़त दिलाए। बार्सिलोनाका यस फरवर्डले छैटौं मिनटमा पेनल्टीबाट गोल गरे। त्यसपछि लुईस डिआजले ४१औं मिनटमा गोल गरी कोलम्बियालाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि नियमित ९० मिनटको खेल समाप्त हुँदासम्म पनि दुवै टीमले थप गोल गर्न सकेन तर इञ्ज्युरी टाइममा विनिसियस जूनियरको गोलले ब्राजीललाई जीत दिलायो। रियल म्याड्रिडका यस फरवर्डले इञ्ज्युरी टाइमको नवौं मिनटमा गोल गरे। यस जीतपछि ब्राजील २१ पोइण्ट्सको साथ तेस्रो स्थानमा पुग्यो। कोलम्बिया १९ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेको छ। अन्य म्याचहरूमा पेरुले बोलिभियालाई ३-१-ले अनि प्याराग्वेले चिलीलाई १-०-ले पराजित गऱ्यो।