सहायक प्रबन्धकको हत्यामा संलग्न अभियुक्तले अदालतमा आफ्नो अपराध स्वीकार गरे

Screenshot_20250321_224900_WhatsApp

जलपाईगुड़ी: जयन्तिका चिया बगानका सहायक प्रबन्धकको हत्या गरेको आरोपमा पुलिसले बगानका मजदुर नेता एल्थ्रियास एक्कालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा हिजो एक्काले आत्मसमर्पण गरी सहायक प्रबन्धकको हत्या गरेको स्वीकार गरेको पुलिसले जनाएको छ। हत्या गर्दा उ नशामा थिए।
सुरुमा पुलिस ले एल्थ्रियासको भनाइलाई गम्भीरतापूर्वक लिएको थिएन। पछि पक्राउ गरी सोधपुछ गर्दा उनले हत्याको लागि प्रयोग गरिएको हतियार खुनले पोतिएको पुलिस चौकीमा ल्याएका थिए। प्रहरीले तत्कालै उनलाई पक्राउ गर्यो।
पक्राउ परेका एल्थ्रियास एक्कालाई आज सिलगढी डिभिजन अदालतमा पेश गरिएको छ। अदालतमा लैजाँदै गर्दा उनले भने, उसले ‘मलाई पैसा दिएर मलाई मार्न लगाएका थिए , मैले म्यानेजरलाई मारी दिए भने।
हत्याको कारणबारे अनुसन्धान भइरहेको पुलिस स्रोतले जनाएको छ। अनुसन्धान टोलीले एल्थ्रियास एक्का साँचो अपराधी हो, यो बदला लिने हत्या हो वा यसका पछाडि अन्य कुनै षड्यन्त्र छ भनेर अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement