५ वर्षीया बालिकालाई बलात्कार गर्नेलाई २० वर्ष जेल सजाय 

Screenshot_20250321_211103_WhatsApp

जलपाईगुडी जलपाईगुडी विशेष पोक्स अदालतले आज एक बलात्कारीलाई २० वर्षको सश्रम कारावासको सजाय सुनाएको छ। यससँगै ५० हजार जरिवाना समेत नतिरे थप एक महिना जेलमा बस्नुपर्ने व्यवस्था गरिएको छ। साथै अदालतले जिल्ला कानुन सेवा प्राधिकरणलाई रु. ५ लाख क्षतिपूर्ति भराउन आदेश दिएको छ। यस मुद्दामा सरकारी वकिल देवाशिष दत्तले भने कि २०२० मा बालिका ५ वर्षकी हुँदा एक वृद्धले बालिकालाई बलात्कार गरेको थियो। यो अभियुक्त उनको हजुरबुवाको साथी थियो। बालिका खेलिरहेको बेला चकलेट दिने बहानामा बोलाएर जंगलमा लगेर बलात्कार गरेको थियो। पछि बालिकाको चिच्याहट सुनेर उनी त्यहाँबाट भागेका थिए। पछि बालिका रुँदै घर आउँदै थिइन्, बालिका हिड्न नसक्ने अवस्थामा एक युवकले उनलाई देखे र उनको घर पुरयाई दिए। आमाले बच्चीलाई सोधपुछ गर्दा उनले सबै कुरा सुनाइन्। पछि बालिकालाई उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनलाई ५ दिनसम्म भर्ना गरिएको थियो। यस मुद्दामा एफआईआर दर्ता गरेपछि पुलिसले घटनाको अनुसन्धान गर्‍यो र अनुसन्धानको आधारमा दोषीलाई २० वर्षको जेल सजाय सुनाएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement