जलपाईगुडी: यस पटक जलपाईगुडी जिल्लाका सबै आशा स्वास्थ्यकर्मी, आंगनवाड़ी कार्यकर्ता र मध्यान्ह भोजन सहायकहरूले आफ्ना मागहरूको लागि एकसाथ विरोध प्रदर्शन गरे। मासिक २६ हजार पारिश्रमिकको माग गर्दै तीनै समूहका महिला आज सडकमा उत्रिएका छन्। यी मागहरूलाई लिएर उनीहरूले शुक्रबार दिउँसो जलपाईगुडी सहरमा विरोध र्याली निकालेका थिए। आन्दोलनरत आशा स्वास्थ्यकर्मी, आंगनवाड़ी कार्यकर्ता र मिड-डे मिलका कर्मचारीहरूले जलपाईगुडी जिल्ला मजिस्ट्रेटको कार्यालयमा जुलुस निकालेर ज्ञापनपत्र बुझाए। आन्दोलनकारीका तर्फबाट देवयानी बोसले आफूसँग कूल ११ वटा माग रहेको बताइन्। विभिन्न मागका लागि आयोजना गरिएको विरोध कार्यक्रममा यी तीनै संस्थाका महिलाहरुको सहभागिता रहेको थियो। सरकारी कर्मचारीको मान्यता, न्यूनतम मासिक पारिश्रमिक २६ हजार आदि हाम्रा माग छन्। उनले अवकाश अवधिमा १० हजार पेन्सन दिने पनि हाम्रो माग रहेको बताए।