बागडोगराबाट लागुऔषधसहित २ जना पक्राउ

IMG-20250319-WA0169

सिलगढी:  बागडोग्रामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन्। मंगलबार राति बागडोगराको सिंघोरा नजिकै एशियाली राजमार्गमा लागुऔषध ओसारपसार गर्ने क्रममा दुई तस्करलाई बागडोग्रा थानाबाट सादा पोशाकका पुलिसले पक्राउ गरेको हो। 
दुवै तस्कर मालदाबाट लागुऔषध ल्याएर सिलगढीमा तस्करी गर्ने उद्देश्यले बागडोग्रा क्षेत्रमा आएका थिए। गोप्य सूचनाको आधारमा पुलिसले छापा मारेर उनको खोजी गर्दा उनको साथबाट १ सय ३ ग्राम लागुऔषध बरामद गरेको थियो। यस घटनामा एक महिला सहित एक जना पक्राउ परेका छन्। पक्राउ परेकाहरुमा नक्सलबारी निवासी तस्लिमा खातुन र फासिदेवा निवासी मोहम्मद अन्सारुल रहेका छन्।
पक्राउ परेकाहरूलाई बुधबार सिलगढी डिभिजनल अदालतमा पेश गरिएको छ। बागडोगरा पुलिस स्टेशनले घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement