जलपाईगुडीमा खादी मेला ३१ मार्चदेखि सुरु हुने

IMG-20250319-WA0180

जलपाईगुडी: जलपाईगुडीमा ३१ मार्चदेखि १६ अप्रिलसम्म खादी मेला आयोजना हुनेछ।
जिल्ला परिषद् अध्यक्ष कृष्ण राय बर्मनले बुधबार जलपाईगुडी जिल्ला परिषद् बैठक कक्षमा आयोजित उच्चस्तरीय बैठकपछि यो जानकारी दिएका हुन्।
यस सन्दर्भमा, उनले भने क्षेत्रीय खादी मेला ३१ मार्च जलपाईगुडीमा सुरु हुँदैछ र १६ अप्रिलसम्म चल्नेछ।
यस अवधिमा मेलामा विभिन्न स्व-सहायता समूह लगायत विभिन्न संघसंस्थाको सहभागिता रहनेछ।
कुल ८७ वटा बिक्री कक्षमा खादी उत्पादनहरू प्रदर्शन र बिक्री गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement