पुलिसले फेरि एकपटक भैंसीको तस्करीलाई विफल बनाए

photocollage_202531919266234

सिलीगुड़ी: फाँसीदेवाको विधाननगर अनुसन्धान केन्द्र, घोषपुकुर चौकी र फाँसीदेवा पुलिस चौकीले छापा मारेर तीनवटा कन्टेनरबाट ९२ वटा भैँसी बरामद गरेको हो। यस घटनामा तीन जना पक्राउ परेका छन्।
जानकारी अनुसार मंगलबार राति फासीदेवास्थित विधाननगर अनुसन्धान केन्द्रको पुलिसले विधाननगरको मुरलीगञ्ज चेकपोष्ट अगाडि एउटा कन्टेनर नियन्त्रणमा लिएर खोजी गरेको थियो। यसमा २८ वटा भैँसी बरामद भएको छ। चालक अमानुल हक पक्राउ परेका छन्।
त्यसैगरी घोषपुकुर चौकी पुलिसले घोषपुकुर क्षेत्रमा दुई कन्टेनर र फासीदेवा चौकीले गोलतुली चोकबाट ६४ भैँसी बरामद गरेको छ। भैंसीको वैध कागजात नदेखाएको भन्दै चालकलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा उत्तर प्रदेशका मोहम्मद जावेद र दलखोला इलाकाका हबिबुर रहमान रहेका छन्।
पक्राउ परेका तीनै जनालाई आज सिलगढी उपजिल्ला अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement