‘आर्ट फेयर’ मार्च २० देखि सिलगढीमा सुरु हुनेछ

IMG-20250319-WA0165

२ सय भन्दा बढी कलाकारहरूले भाग लिने

सिलगढी: सिलगढी शहरमा दोस्रो पटक आर्ट फेयर २०२५ आयोजना हुन लागेको छ। बुधबार सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले यो जानकारी दिएका हुन्।
पहिलो वर्ष अत्याधिक प्रतिक्रिया पाएपछि, सिलगढीमा चित्रकारहरूका लागि आर्ट फेयर २०२५ पुन: आयोजना गरिएको छ।
आयोजकहरूले भने यो आर्ट फेयर २०२५ मार्च, २० देखि २५ सम्म भुटिया मार्केट मैदान, सिलगढीमा आयोजना हुनेछ।
खासगरी गत वर्ष कलाकारहरुको अत्याधिक प्रतिक्रियाका कारण फेरी यो कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा यस पटक उत्तर बङ्गालका करिब २ सय कलाकारको सहभागिता रहने आयोजकले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement