नयाँ दिल्ली: स्पेसएक्सको अन्तरिक्ष यान ड्रयागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट
अनडक(अलग्गिएको) भएको छ। अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर यस अन्तरिक्षयान मार्फत १७ घण्टाको यात्रापछि पृथ्वीमा फर्कनेछन्।
उनीहरुसँगै नासाका अन्तरिक्ष यात्री निक हग र रूसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका अन्तरिक्ष यात्री अलेक्ज्याण्डर गोर्बुनोभ पनि फर्कनेछन्। यो अन्तरिक्षयानको फिर्ताको अनुमानित समय हो।
सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए।
त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने योजना थियो तर अन्तरिक्षयानमा समस्या उत्पन्न भएपछि उनीहरु फर्कन सकेनन्। नासाका अनुसार अवतरणको स्थान मौसमको अवस्थाको आधारमा निर्धारण गरिनेछ।
मार्च १९, २०२५ सम्म गणना गर्दा उनीहरूले अन्तरिक्षमा कुल २८६ दिन बिताइसकेका हुनेछन्। योसँगै सुनिता एकै यात्रामा अन्तरिक्षमा सबैभन्दा धेरै दिन बिताउने तेस्रो महिला वैज्ञानिक बन्नेछिन्।
क्रिस्टिना कोचले ३२८ दिन त्यहाँ रहेर सूचीको शीर्ष स्थानमा छिन्। पिग्गी ह्विटसन २८९ दिन बसेर दोस्रो स्थानमा छिन्।
अन्तरिक्ष यात्री फ्रान्क रुबियोले एक पटकमा अन्तरिक्षमा सबैभन्दा धेरै दिन ३७१ दिन बिताएका छन्। समग्रमा सबैभन्दा धेरै दिन बिताउने रेकर्ड पिग्गी ह्विटसनको नाममा छ। उनले अन्तरिक्षमा ६७५ दिन बिताएका छन्।