मङ्पु: राष्ट्रिय राजमार्ग १० मा मोटरसाइकल दुर्घटनामा परी मङ्पु रेसेप ग्राम पञ्चायत भस्मे निवासी ३१ वर्षीय भरत थापाको मृत्यु भएको दुःखद खबर प्राप्त भएको छ।
राष्ट्रिय राजमार्ग १० अंतर्गत सताइस माइल नजिक मोटरसाइकल दुर्घटनामा परी मङ्पु रेसेप ग्राम पञ्चायत भस्मे बस्ने ३१ वर्षीय भरत थापाको मृत्यु भएको दुखद खबर प्राप्त भएको छ। कालेबुङ एक्सिस बैंकमा कार्यरत मङ्पु रेशेप निवासी भक्तबहादुर थापाका छोरा भरत थापा शनिबार राति काम सकेर घर फर्कने क्रममा राजमार्ग १० सताइस माइल नजिकै उनको मोटरसाइकल दुर्घटनामा परेको रम्बी रायाङ पुलिसले जनाएको छ। डब्ल्यूबी७९ए५५९४ नम्बरकोमोटर साइकल पर्खालमा ठोक्किएर दुर्घटना भएको रम्बी पुलिसले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगेका रम्बी पुलिसले घाइते भरत थापालाई उपचारका लागि रम्बी स्वास्थ्य केन्द्रमा ल्याएका थिए।