सिलगढी: एसओजी र बागडोगरा पुलिसले ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। ती व्यक्ति बागडोगरा विमानस्थल नजिकैको राष्ट्रिय राजमार्गको छेउमा मालको सट्टामा पैसा लिने नियतले उभिएका थिए। गोप्य सूचनाका आधारमा बागडोगरा थानाको सादा पोशाकमा आएका एसओजी र पुलिस टोलीले उक्त व्यक्तिको खोजी गर्दा उनको साथबाट कुल ५०७ ग्राम ब्राउन सुगर बरामद गरे। पक्राउ पर्ने चमन अली हुन्। उनी इस्लामपुर निवासी भएको बताइएको छ। पक्राउ परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। बागडोगरा पुलिसले घटनामा अरु को–को संलग्न छ भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ।