सालुगाड़ा: जन्मदिनकाे पार्टी मनाएर घर फर्किने क्रममा सडक दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
दुर्घटना भक्तिनगर पुलिस चौकी इलाका गएराति भएको हो।
स्कुटीमा घर फर्कने क्रममा एउटा चार चक्के गाडीले ठक्कर दिँदा उनको टाउकोमा गम्भिर चोट लागेको स्थानीयहरुले बताए।
स्थानीयले उनलाई सेवक रोडस्थित नर्सिङ होममा भर्ना गरेका थिए।

तर आज बिहान विक्रम रोयको २५ वर्षको उमेरमा निधन भयाे।