गाडीमा खस्यो रुख

IMG-20250317-WA0179

सिलगढी: सिलगढीको वेनश माेड नजिक विधान रोडमा एउटा गाडीमा रूख खस्यो। तर, चालक र पैदलयात्री भने भाग्यले जोगिएका छन्।
उक्त गाडी सेवक रोडबाट वेनस माेडतर्फ आउँदै गरेको बताइएको छ। त्यही समय हावाहुरीका कारण एउटा रुख गाडीमा खसेको बताइएको छ।
सडकको बिचमा फलामको डिभाइडर हुनले चालक र पैदलयात्रीहरु जोगिएको हाे। खबर पाएलगत्तै त्यहाँ वेनस माेड कार्यरत ट्राफिक पुलिस घटनास्थलमा पुगेर चालकलाई गाडीबाट बाहिर निकाले।
यस घटनाका कारण शहरमा चरम ट्राफिक जामको समस्या देखियाे। पछि दमकलले रुख काटेर गाडी बरामद गरे।
गाडीमा आंशिक रूपले खति पुगे पनि कसैकाे घाइते भएको खबर छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement