उपमेयर रञ्जन सरकारको गाडीमा आक्रमण गरी ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ

IMG-20250316-WA0175

सिलगढी: होलीको दिउँसो मादक पदार्थ सेवन गरी उपमेयर रञ्जन सरकारलाई आक्रमण गर्ने दुई जना पक्राउ परेका छन्।
यस घटनाको सम्बन्धमा रञ्जन सरकारले सिलगढी पुलिस चौकीमा लिखित उजुरी दिएका छन्।
उपमेयर निजी कामका लागि हिजो दिउँसो कारमा सिलगढीको हिलकार्ट रोडतर्फ जाँदै गरेको बताइएको छ। त्यसबेला मादक पदार्थ सेवन गरेका केही युवाले अचानक उनको कार रोकेर हमला गरेका थिए। मार्ने धम्की समेत दिए। त्यसपछि उनी त्यहाँबाट गएर पुलिसलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए।

आइतबार उनले सिलगढी पुलिस स्टेशन गएर लिखित उजुरी दिए। यस घटनामा पुलिसले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement