मालदा: आदिवासी सेंगेल अभियानले मालदाकाे बामंगोला पुलिस चौकी घेराउ गरी आदिवासी बालिकालाई बलात्कार गर्ने आरोपीलाई फाँसीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। आइतबार दिउँसो, आदिवासी समुदायका मानिसहरूले मालदाको बामंगोला थानाको मुख्य गेट अगाडि प्लेकार्ड बोकेर दोषीलाई फाँसी दिनुपर्ने माग राखेका थिए। गत बुधबार बामंगोला पुलिस चौकी अन्तर्गतको गाउँमा घर खाली पाएपछि अभियुक्त युवकले युवतीलाई इच्छाविपरीत बलात्कार गरेको आरोप लागेको थियो। तर, उजुरीका आधारमा पुलिसले आरोपीलाई पक्राउ गरेको थियो। यसैबीच घटनाका अभियुक्तलाई पक्राउ नगर्न माग गर्दै पुलिस चौकीको मुख्य गेट अगाडि एक घण्टा चर्को विरोध प्रदर्शन गरिएको थियो तर दिनानुदिन आदिवासी महिलामाथि बलात्कार र अत्याचार बढ्दै गएकाले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने मांग सहित प्रदर्शन गरे।