दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा पाँच घाइते 

IMG-20250316-WA0185

सिलगढी: होली खेलेर घर फर्कने क्रममा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।  नक्सलबारीको हात्तिघिसामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाँचजना गम्भीर घाइते भएका छन्। फासीदेवाको कमला चिया बगानबाट चारजना बाइकमा ओरड चिया बगानतर्फ जाँदै थिए भने एकजना नक्सलबारीबाट सिलगढीतर्फ गइरहेका थिए। नक्सलबारीको हात्तिघिसामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनापछि दुवै मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएका थिए।

लगत्तै स्थानीयले घाइतेहरुलाई उद्धार गरी प्राथमिक उपचारपछि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाए। घाइते हुनेमा अभिलाब केरकेटा, सुमेशा क्षेत्री, बिफनी ओराओ, अर्पित उराव र सञ्जय रावत रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement