इजरायली सेनाको आक्रमणमा ७ प्यालेस्टाइनीको मृत्यु

IMG-20250315-WA0095

नयाँ दिल्ली: इजरायली सेनाको पछिल्लो आक्रमणमा परी थप ७ जना प्यालेस्टाइनीहरूको मृत्यु भएको छ।
शुक्रबार राति विभिन्न ठाउँमा आक्रमण गर्दा ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अलजजिराका अनुसार गाजा सिटीको जेतुन क्षेत्रमा इजरायली सेनाले आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। समुद्री किनारमा थप एक जना माछा मार्ने व्यक्तिको पनि हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
इजरायली सेनाले दक्षिणी राफाह क्षेत्रमा ट्यांक र गनबोटबाट गोली प्रहार गरेको थियो।
यस्तै, इजरायली सेनाले वेस्ट बैंकका विभिन्न ठाउँमा छापा मारेर १८ र २१ वर्षका दुई प्यालेस्टिनीहरूको हत्या गरेको छ।
नाब्लसको दक्षिणमा रहेको बीटा शहरमा १८ वर्षीय एक युवक र पूर्वमा रहेको सालिम शहरमा २१ वर्षीय युवकको हत्या भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायली सेनाले टुलकरेमको नूर शम्स शरणार्थी शिविरमा पनि गोली प्रहार गरेको छ। हेब्रोनको विभिन्न स्थानहरूमा आक्रमण गरेको छ। यी घटनाहरूले त्यहाँको स्थिति थप तनावपूर्ण बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement