सुगन्ध र स्वाद जोगाउन पूर्णिमाको रातमा चियाको पात टिप्ने रित

Screenshot_20250314_182820_WhatsApp

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको माझेर डाबरी चिया बगानमा चन्द्रमा अर्थात् पूर्णिमाको रातमा चियाका पात टिप्ने रित रहेको छ। यो देशको एक मात्र चिया बगान हो, जहाँँ चियाको सुगन्ध र स्वाद जोगाउन पूर्णिमाको रातमा चियाको पात टिप्ने गरिन्छ। सबैभन्दा पहिले, २०२१ मा, सीटीसीले पहिलो पटक पूर्णिमाको रातमा प्रयोगात्मक आधारमा चिया पातहरू निकालेको थियो। पूर्णिमाको रातमा टिपेकाे चियाको पातबाट चिया बनाउँदा यसको स्वादमा फरक र स्वादिष्ट भेटेको थियो, जसका कारण यो चियाको माग बढयाे। यस उपरांत यहाँ होलीको पहिलो पूर्णिमा, बुद्ध पूर्णिमा, कोजागिरी लक्ष्मी पूर्णिमाको दिन राती चियाका पजा टिप्ने गरिन्छ।  यस सन्दर्भमा चाँदनी रातमा चियापत्ती टिप्ने काम क्रमशः बढ्दै गएको भएपनि रातिको काम भएकाले थप सावधानी अपनाउनु पर्ने र चियापत्ती टिप्न कामदार लगाउनु पर्ने माझेर डब्री चिया बगानका प्रबन्धक चिन्मय धरले बताए।
चाँदनी रातमा टिपेको यो चियापत्तीबाट बनेको चियाको स्वाद, अन्य समयमा टिपेको चिया पातको तुलनामा धेरै स्वादिलो ​​हुने कराण साँझपख चियापत्तीमा जमेको रस सुगन्धले भरिपूर्ण हुन्छ र भोलिपल्ट बिहान यी पातबाट बनेकाे चिया धेरै स्वादिष्ट हबुन्छ भनि उनले बताए।
मुनलाइट प्लकिङ टी देश भरी प्रख्यात मात्र नभएर अलिपुरद्वार जिल्लामा आउने पर्यटकहरूमा पनि प्रभाव पारेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement