सिलीगुड़ी: सिलगढीको पूर्वी बाइपास नजिकैको राँयपाडा क्षेत्रमा भीषण आगलागी भएको छ। बिहीबार साँझ सो क्षेत्रमा रहेको प्लाष्टिकको गोदाममा आगलागी भएको हो। सुरुमा दुईवटा दमकल आएर आगो नियन्त्रणको काम सुरु गरेपनि बिस्तारै आगोको तीव्रता बढ्दै गयो। पछि थप दमकल आइपुग्यो। धेरै प्रयासपछि आगो नियन्त्रणमा आएको थियो।