पुलिसले ड्रोनबाट होलीको अनुगमन गरिरहेको छ

Screenshot_20250314_153014_WhatsApp

सिलगढी: होलीको समयमा शान्ति सुरक्षा कायम राख्न सिलगढी महानगरीय पुलिस सदैव सतर्क रहन्छ।
आज बिहानैदेखि सिलगढी पुलिस कमिश्नरेटको प्रत्येक थाना क्षेत्रमा पुलिस भ्यानहरू गस्ती गरिरहेका छन्।
सिलगढी पुलिस आयुक्तको आदेशमा, प्रत्येक थाना क्षेत्रका प्रमुख थानाहरूमा पुलिस पिकेटहरू स्थापना गरिएको छ।
यसका साथै पुलिसले सहरको सुरक्षामा निगरानी राख्न ड्रोनको प्रयोग गरिरहेको छ।
सिलगढी महानगरीय पुलिसको नयाँ जलपाईगुडी थाना क्षेत्रको प्रहरीले आज बिहानैदेखि ड्रोनमार्फत विभिन्न क्षेत्रमा निगरानी गरिरहेको छ। साथै महानगरीय अपराध महाशाखाको प्रहरीले शहरका चोक चोकमा गस्ती गरिरहेको छ।
सिलगढी पुलिस आयुक्तालयको प्रत्येक थानाका पुलिसहरू कुनै अप्रिय घटना हुन नदिन सतर्क रहन्छन्।
आज बिहानैदेखि उच्च पदस्थ पुलिस पनि सडकमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement