नयाँ दिल्ली: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया ‘छलपूर्ण’ रहेको बताएका छन्। उनले शान्ति सम्झौताका लागि रुसमाथि अधिक प्रतिबन्ध लगाउन आह्वान समेत गरेका छन्।
उनले आफ्नो दैनिक सम्बोधनमा पुटिनको पूर्व शर्तले युद्धविराम सम्भव नहुने बताए। रुस नै यसमामिलामा ढिलाई गर्ने भन्दै जेलेन्स्कीले शंका व्यक्त गरेका छन्। जेलेन्स्कीले युद्धविरामबाट वर्तमान संकटको अन्तर्निहित कारण समेतलाई समाप्त गर्न जरुरी रहेकामा जोड दिए।
यसअघि एक पत्रकार सम्मेलनमा रुसी नेताले युद्धविरामको विचारमा समर्थन गर्ने तर यो विषयमा गहन बहस गर्नुपर्ने आवश्यकता छ, भनेका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्धविरामका लागि सहमत भए पनि कयौं कठिन शर्तहरु अघि सारेका छन्।