तस्करी गर्नुअघि २७ वटा भैंसीसहित चार जना पक्राउ

photocollage_2025313184618793

सिलगढी: बीएसएफले तस्करीअघि २७ बटा भैँसीको उद्धार गरेको छ। भैंसी भरिएको कन्टेनर दलखोलाबाट फुलबारी हुँदै बिहारतर्फ जाँदै गर्दा भारतीय सीमा सुरक्षा बल (बीएसएफ)ले फुलबारी टोल गेट क्षेत्रमा भैँसी भरिएको कन्टेनरलाई रोकेको बताइएको छ। गाडीको खोजीका क्रममा २५ भैँसी र दुई वटा बाछोसहित कुल २७ भैँसी बरामद भएको छ। यस घटनामा चार जना पक्राउ परेका छन्। बीएसएफले पक्राउ परेका चारै अभियुक्तलाई नयाँ जलपाईगुडी थानाको पुलिसलाई बुझायो।
पक्राउ पर्नेमा फरमान अली, मोइसर अली, तमसुर आलम र हमिद अली रहेका छन्। सबैलाई बिहीबार जलपाईगुडी जिल्ला अदालतमा पेश गरिएको थियोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement