४१ वार्डमा रहेको ग्यारेजमा आगलागी 

IMG-20250312-WA0153

सिलगढी: सिलगढी इस्टर्न बाईपासको छेउ, सिलगढी नगरपालिकाको वार्ड ४१ मा रहेको ग्यारेजमा गएराति आगलागी भएको हो। खबर पाएपछि दुईवटा दमकल घटनास्थलमा पुगेका थिए। स्रोतका अनुसार ग्यारेजमा ठूलो परिमाणमा काठ राखिएको थियो। नजिकैको ग्यारेजका मालिकले आगो लागेको थाहा पाएका थिए। त्यसपछि स्थानीयले गेट तोडेर आगो निभाउने प्रयास गरेका थिए। यसबारेमा दमकल र भक्तिनगर पुलिस चौकीलाई समेत जानकारी गराइएको थियो। दमकलको टोली पुगेर आगो लागेको पत्ता लगाएको थियो।  तर, आगलागीको कारण भने थाहा हुन सकेको छैन। कुनै हताहतको रिपोर्ट आएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement