नयाँ दिल्ली: अमेरिकामा क्यानडाबाट आयात हुने स्टिल, आल्मुनियम र अन्य खनिजमाथि लागू गर्ने भनिएको ५० प्रतिशत ट्यारिफ लगाउने योजना तत्काल रोकिएको छ।
यद्दपि क्यानडाबाट आयात हुने यी धातुमा २५ प्रतिशत ट्यारिफ जारी रहनेछ। जो आजदेखि नै लागू हुँदैछ।
ट्रम्पको यो कदम क्यानडाको ओटारियो प्रान्तले उत्तरी अमेरिकाका केही राज्यमा पठाइँदै आएको बिजुलीमा २५ प्रतिशत नयाँ शुल्क लगाउने निर्णयपछि आएको हो।
ट्रम्पले बिजुली आफूर्तिमा उक्त नयाँ शुल्क लगाउने निर्णविरुद्ध क्यानडामा ठूलो मात्रामा ट्यारिफ लगाउने धम्की दिएका थिए।
यी दुवै देशबीच चलिरहेको ट्रेड वार अमेरिका र क्यानडाको अर्थतन्त्रका लागि घातक रहेको बताइएको छ। अमेरिकाले धातु आयात गर्ने देशहरुमध्ये क्यानडा सबैभन्दा अगाडि छ।