सिलगढी: सिलगढी पुलिसले गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा हिजो राति छापा मारेर चार बदमाशलाई पक्राउ गरेको छ। उनीहरू अपराध गर्न भेला भएका थिए। सिलगढी पुलिस चौकीलाई एक गोप्य स्रोतबाट जानकारी प्राप्त भयो कि सिलगढीको वार्ड ३० को देशबन्धुपाडा पाइपलाइन क्षेत्रमा १० देखि १२ बदमाशहरू शहरमा अपराध गर्न भेला भएका छन्। यो जानकारी पाएलगत्तै सिलगढी पुलिसले छापा मार्न थाल्यो। यस कारबाहीमा पुलिसले चार जनालाई पक्राउ गर्न सफल भएको छ। तर, पुलिसको छापामारीको सुइको पाए पछि बाँकी भाग्न सफल भए। पक्राउ परेका चारैजनाको खोजी, नाम, ठेगाना पत्ता लगाउने र सोधपुछ गर्ने कार्य भइरहेको छ। अर्कोतर्फ, पक्राउ परेका चारै जनालाई आज सिलगढी डिभिजनल काेर्टमा पेश गरिएको छ। पक्राउ पर्नेहरु विशाल हलधर, बबई कर्माकर, दिप क्षेत्री र स्वपन राई रहेको पुलिसले जनाएको छ। उनीहरुको साथबाट लुटपाटमा प्रयोग हुने विभिन्न उपकरण बरामद भएको छ।