ब्राउन सुगरसहित तृणमूलका ठूला नेता पक्राउ

IMG-20250311-WA0183

अलिपुरद्वार: सत्तारुढ तृणमूल कांग्रेसका एक वरिष्ठ नेता ब्राउन शुगर सहित पक्राउ परेका छन्। जानकारीका अनुसार अलिपुरद्वारको ब्लक नम्बर २ को माजिरदबारी पश्चिम तृणमूल क्षेत्रीय कार्यालयका अध्यक्ष विष्णु राय र मालदा कालियाचकका सञ्जय मण्डललाई पुलिसले लागूऔषधसहित पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा शमुकटला पुलिसले गएराति माझिरडाबोरी क्षेत्रमा रहेको तृणमूल पार्टीको कार्यालय अगाडि छापा मारेको थियो। कारबाहीका क्रममा मालदा कालियाचक निवासी सञ्जय मण्डल र तृणमूल नेता विष्णु रायलाई पक्राउ गरी ५२ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो।

About Author

Advertisement