काेचबिहारको हल्दीबारीमा एक गाई तस्कर पक्राउ 

IMG-20250311-WA0175

जलपाईगुडी: बीएसएफले गाईसहित अर्को तस्करलाई पक्राउ गरेको छ। यो घटना भारत–बंगलादेश सीमामा रहेको हल्दिबारी क्षेत्रमा भएको हो। सोमबार राति बीएसएफले गिरफ्तार व्यक्तिलाई जलपाईगुडी मेडिकल एण्ड कलेज अस्पताल अन्तर्गतको सुपर स्पेशलिटी अस्पतालमा उपचारका लागि ल्यायो। जानकारी अनुसार बीएसएफले रातको अँध्यारोमा भारत–बंगलादेश सीमा क्षेत्र दक्षिण बारा हल्दिबारीबाट गाई तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।  खलपारा र दंगापाराको सीमावर्ती क्षेत्रमा रहेको काँडेतार क्षेत्रमा बीएसएफको १५औं गणका जवानहरुले दुईवटा गाईसहित एक व्यक्तिलाई पक्राउ गरेका छन्। स्रोतका अनुसार पक्राउ परेका युवक २८बर्षीय रुबेल हक हुन्। रुबेलको घर मध्य हल्दिबारी हुदुमडांगाको चैतुरमोड क्षेत्रमा रहेको छ। पक्राउ परेका व्यक्तिलाई सीमाबाट भाग्ने क्रममा खुट्टामा चोट लागेपछि सोमबार उपचारका लागि हल्दिबारी ग्रामीण अस्पताल लगिएको थियो। बीएसएफले सोमबार राति हल्दीबारी अस्पतालबाट गिरफ्तार व्यक्तिलाई जलपाईगुडी मेडिकल कलेज र अस्पताल अन्तर्गतको सुपर स्पेशलिटी अस्पतालमा उपचारको लागि ल्याएको थियो। उनलाई सोधपुछपछि पुलिसको जिम्मा लगाइने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement