तृणमूल काउन्सिलर बबला सरकारको हत्याका अभियुक्त नरेन्द्रनाथ तिवारीलाई फाँसी दिनुपर्ने माग 

IMG-20250311-WA0189

मालदा: तृणमूल काउन्सिलर बबला सरकारको हत्यामा पक्राउ परेका नरेन्द्रनाथ तिवारीलाई फाँसी दिनुपर्ने माग गर्दै नागरिक समाजका सदस्यहरूले मालदा जिल्ला अदालत परिसर बाहिर विरोध प्रदर्शन गरे। उनीहरु आज बिहान अङ्ग्रेजीबजार नगरपालिका वडा नम्बर २२ को नागरिक समाजको तर्फबाट जुलुस निकालेर नेताजी मोड क्षेत्रमा भेला भएको बताइएको छ। त्यसपछि उनीहरुले मालदा जिल्ला अदालतको गेट बाहिर विरोध प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा बबला सरकारको हत्यामा पक्राउ परेका नरेन्द्रनाथ तिबारीलाई फाँसी दिन माग गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement