ट्युबवेल जडान गर्ने क्रममा करेन्ट लागेर तीन जनाको मृत्यु

IMG-20250310-WA0180

कोचबिहार: ट्युबवेल जडान गर्ने क्रममा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। यो घटना शीतलकुची ब्लकको पश्चिम शीतलकुची गाउँको शोलोचाला क्षेत्रमा भएको हो। सिँचाइका लागि पाइप जडान गर्ने क्रममा एक मजदुर हाईभोल्टेजको तारसँग सम्पर्कमा आएर दुर्घटना भएको स्थानीयले बताएका छन्। जलेर तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ। शितलकुची पुलिसले खबर पाए लगतै पुलिस र स्थानीयवासी घटनास्थल पुगेका थिए। उनीहरुलाई उद्धार गरी शितलकुची ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरे। सम्पूर्ण घटनाको अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement