क्षयरोगीलाई नि:शुल्क पौष्टिक खाना वितरण  

IMG-20250309-WA0173

जलपाईगुडी: जलपाईगुडी स्वास्थ्य विभाग र स्टार सिमेन्टको संयुक्त पहलमा आज क्षयरोग वा क्षयरोगबाट पीडित बिरामीहरूलाई नि:शुल्क पौष्टिक खाना उपलब्ध गराउने कार्यक्रमको आयोजना गरियो।
१०० दिने राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रमअन्तर्गत आज ५१ क्षयरोगीलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन, १ लिटर तोरीको तेल, १ केजी सोयाबिन तेल, १ केजी चिनी, ५ सय ग्राम चिया र ५०० ग्राम चायपति सहित ५१ क्षयरोगीलाई निःशुल्क पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ।
स्टार सिमेन्टका तर्फबाट सुदेष्णा रोय भौमिकले “निक्षय मित्र” को रूपमा आगामी छ महिनासम्म १०० क्षयरोगीलाई निःशुल्क पोषणयुक्त खाना उपलब्ध गराउने जिम्मेवारी लिएको बताइन्। जसमध्ये ५१ क्षयरोगीलाई आज सामाग्री दिएका छन्।

जिल्ला उपमुख्य स्वास्थ्य अधिकारी डा त्रिदीप दासले जिल्ला क्षयरोग अधिकारी डा शुभदीप सरकारको निरीक्षणमा जलपाईगुडी सहर र सदर ब्लकबाट १०० गरिब क्षयरोगीलाई छनौट गरिएको बताए। क्षयरोग उन्मूलनका लागि यस्ता कार्यक्रमहरु थप गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement