जलपाईगुडी: सीमामा तस्करहरूले बीएसएफ जवानहरूलाई आक्रमण गरेको घटना बाहिर आएको छ, जवाफी कारबाहीमा एक तस्करको मृत्यु भएको छ। यो घटना भारत-बंगलादेश सीमाको कुकुरजन क्षेत्रमा भएको हो।
शुक्रबार राति ड्युटीमा रहेका बीएसएफ जवानहरूले सीमा क्षेत्रमा दशदेखि बाह्र जनाको तस्कर गिरोह देखेको बताइएको छ। तस्करहरूको गिरोहलाई पक्रन गएका बीएसएफका जवानहरूमाथि बदमाशहरूले आक्रमण गरेको आरोप छ। यसपछि बीएसएफले जवाफी कारबाहीमा केही राउण्ड फायर गरेको थियो। एक जनाको मृत्यु भएको छ। बाँकी भागेका छन्।

मृतकको अझै सनाखत हुन सकेको छैन। उनीहरु बंगलादेशी नागरिक हुन् वा होइनन् भन्ने खोजी भइरहेको छ। बीएसएफले शव बरामद गरी जलपाईगुडी मेडिकल कलेजमा ल्यायो। शवको पोष्टमार्टम हुनेछ।