सिलगढी: घरमा खाना पकाउने ग्यास दुरुपयोग गर्ने एक जना पक्राउ परेका छन्। यी व्यक्तिले आफ्नै घरमा रहेको भान्साको ग्यास सिलिण्डरबाट व्यावसायिक ग्यास सिलिण्डरमा भरेर ग्यास बिक्री गर्ने गरेका छन्। सूचना पाएपछि पुलिसले उनलाई पक्राउ गरेको हो।
माटिगडा पुलिस चौकी अन्तर्गतको शिवमन्दिर रवीन्द्र सरानी क्षेत्रमा बस्ने तपन महन्ताले लामो समयदेखि सो क्षेत्रको एक घरमा यो व्यवसाय गर्दै आएका थिए। शुक्रबार सादा पोशाकमा रहेको माटिगडा पुलिस चौकीले घरमा छापा मारेर विभिन्न उपकरणसहित कुल १२ वटा ग्यास सिलिन्डर बरामद गरेको छ। घटनामा संलग्न व्यापारी तपन महन्त पक्राउ परेका छन्। गैरकानुनी रूपमा ग्यास सिलिन्डर बिक्री गरेको अभियोगमा उनीविरुद्ध विशेष खण्डमा मुद्दा दर्ता गरिएको छ।
पक्राउ परेका व्यक्तिलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरियो।