रेलवे कर्मचारी संघ सिलगढी जंक्शन शाखाको २७औं द्विवार्षिक साधारण सभामा रक्तदान शिविरको आयोजना

IMG-20250308-WA0309

सिलगढी; आज एनएफ रेलवे कर्मचारी संघ, सिलगढी जंक्शन शाखाको २७औं द्विवार्षिक साधारण सभा सम्पन्न भयो। साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भव्य रक्तदान शिविरको पनि आयोजना गरिएको थियो।
एनएफ रेलवे कर्मचारी संघ, सिलगढी जंक्शन शाखाको महासभा हिमाचल कालोनीस्थित रेलवे कर्मचारी संघको कार्यालयमा भएको थियो। सो अवसरमा आयोजित रक्तदान शिविरमा १२० युनिट रगत संकलन गरी तराई ब्लड बैंकमा पठाइएको थियो। साथै अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सांगीतिक तथा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो। 
यस कार्यक्रममा न्यू जलपाईगुडी, एनएफ एडीआरएम अजय कुमार विशेष अतिथिको रूपमा उपस्थित थिए। यसका अलावा एनएफआरईयूका महासचिव मुनिन्द्र सैकिया र एनएफआईआरका संयुक्त महासचिव सुलभ विष्ट, वरिष्ठ डीएमई (डिजेल), सिलगढी, रजनीश कुमार, डिभिजनल सेक्रेटरी, एनएफआरईयू र डिभिजनल संयुक्त सचिव, महिला नेतृ अबीरा पोद्दार उपस्थित थिए।
कार्यक्रम एनएफआरईयूका डिभिजनल अध्यक्ष अनिल उपाध्यायले संस्थाको झण्डा फहराएर सुरु गरेका थिए।
एनएफ़ साधारण सभामा मजदुर एकता सुदृढ गर्ने विषयमा छलफल भएको रेल कर्मचारी युनियनले जनाएको छ। साथै हाम्रो रक्तदान शिविरले समाजप्रति हाम्रो दायित्वको सन्देश दिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement