ब्राउन सुगरसहित एक दम्पती पक्राउ

photocollage_20253818503375

सिलगढी: लागुऔषधसहित एक जोडी पक्राउ परेका छन्। १२६ ग्राम ब्राउन सुगरसहित एक दम्पती पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुशनदेवी गिरी र हरकुमार बराई रहेका छन् ।
गोप्य स्रोतबाट सूचना पाएपछि खोरीबारी पुलिस चौकीका पुलिस टोलीले खोरीबारीको खानेपानी ट्याङ्की नजिकै रहेको शीतला मन्दिर क्षेत्रको एक घरमा छापा मारेको हो। छापा मार्दा पुलिसले १२६ ग्राम ब्राउन सुगर र ४६ हजार ३ सय रुपैयाँ बरामद गरेको छ। पक्राउ परेकाहरु लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको बताइएको छ। पक्राउपरे लगत्तै पुलिसले दुवै जनालाई खोरीबारी पुलिस चौकीमा लगेको थियो।
पक्राउ परेकाहरुलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरिनेछ। बरामद लागुऔषधको बजार मूल्य लाखौं रुपैयाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement