गान्तोक: मौसम विभागले यसअघि उत्तर बङ्गाल र विशेषगरी पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको थियो। त्यो सम्भावना साकार भएको छ। शनिबारदेखि उत्तर सिक्किमको लाचुङ र पूर्वी सिक्किमको सोङमोमा हिमपात सुरु भएको छ। हिमपात सुरु हुनासाथ पर्यटकहरु खुसी भएका छन्। सोंगमो र लाचुङमा आज बिहानैदेखि हिमपात सुरु भएको बताइएको छ। हिमपात यति धेरै भयो कि सडकदेखि घर र गाडीसम्म सबै हिउँले ढाकेको थियो।

अर्कोतर्फ हिउँ पर्न थालेसँगै पर्यटकहरु हिउँसँग खेल्न थालेका छन्। सिक्किम प्रशासन स्रोतका अनुसार सिक्किमका धेरै ठाउँमा हिमपात भएको छ। जसका कारण धेरै सडकहरु बन्द भएका छन्। तर, पर्यटक र सर्वसाधारणको चासोलाई ध्यानमा राखी ती सबै सडकको द्रुतगतिमा सरसफाइ भइरहेको छ।

यसका साथै सिक्किममा यस समयमा भीडभाड छ, जसका कारण सिक्किम प्रशासन पूर्णतया सतर्क छ।