कार र टोटो ठोक्किँदा टोटो चालक घाइते

IMG-20250308-WA0248

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको फलकाटा अन्तर्गत राष्ट्रिय राजमार्ग नम्बर १७ मा शुक्रबार राति लगभग १०:३० बजे सडक दुर्घटनामा एक टोटो चालक गम्भीर घाइते भएका छन्।
तीव्र गतिमा चलिरहेको एउटा कारले नियन्त्रण गुमाउँदै पहिला टोटोलाई ठक्कर दिँदै बाटाेकाे बायाँ रेलिङमा ठोक्कियाे। यस
दुर्घटनामा कार र टोटो दुवैमा क्षति पुगेको छ भनेे कार चालक राष्ट्रिय राजमार्गमा गाडी छोडेर फरार भएका प्रत्यक्षदर्शीले बताएका छन्।
टोटोमा हुने यात्रुहरूले टोटो चालकलाई फलकाटा सुपर स्पेशलिटी अस्पतालमा लगे, जहाँ उनको टाउकोमा दश वटा टाँका लगाइयो।


खबर पाएपछि फलकाटा थानाका पुलिस घटनास्थल पुगे। पुलिसले कार चालकको खोजी गर्नुका साथै घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement