नयाँ दिल्ली: इरानले परमाणु कार्यक्रमबारे वार्ताको निम्तो अझै प्राप्त नभएको बताएको छ। उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट परमाणु कार्यक्रमबारेको पत्र अझै प्राप्त नभएको बताएको हो।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको परमाणु कार्यक्रमबारे वार्ता गर्न एक पत्र पठाएको भनी अभिव्यक्ति दिएपछि इरानी दूतावासले यस्तो जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ। इरानी दूतावासका प्रवक्ताले भने, ‘हामीलाई अहिलेसम्म यस्तो कुनै पत्र प्राप्त भएको छैन।’
ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीलाई एक पत्र पठाएको र जसमा तेहरानमा तीब्रतासाथ बढेको परमाणु कार्यक्रम रोक्नका लागि नयाँ सम्झौता गर्न वार्ता गर्ने माग परिएको भनी अभिव्यक्ति दिएका थिए।
इरानी विदेशमन्त्री अब्बास अराघचीले यो सम्भावना खारेज गरिदिएका छन्। उनले तेहरान वाशिंगटनको प्रतिबन्धमा रहने हो भने परमाणु वार्ता हुन नसक्ने बताएका छन्। अराघचीले एएफपीसँगको कुराकानीमा भने, ‘जबसम्म अमेरिका आफ्नो अधिकतम दबाब नीति र आफ्नो धम्की जारी राख्छ, हामी अमेरिकासँग कोही सीधा वार्ता गर्दैनौं।’
जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्प प्रशासननले तेहरानविरुद्ध अधिक दबाब रणनीति अनुरुप प्रतिबन्ध लगाएको छ। जसमा तेल नेतवर्कमाथिको प्रतिबन्ध समेत संलग्न छ।
इरानी सरकारी सञ्चारमाध्यमले समेत सर्वोच्च नेता खामेनीको कार्यालयबाट ट्रम्पले पठाएको पत्रको कुनै पुष्ट्याइ नगरिएको उल्लेख गरेका छन्। आइतबार यसबारेको साक्षात्कारको पूर्ण प्रसारण हुने अपेक्षा गरिएको छ।