नयाँ दिल्ली: हलिउड अभिनेता जीन ह्याकम्यानको मृत्यु प्राकृतिक कारणबाट भएको बताइएको छ। उनको मृत्यु मुटु सम्बन्धी रोगबाट भएको अधिकारीहरुले बताएका छन्। ९५ वर्षी ह्याकम्यानलाई उनकी पत्नीजस्तै अल्जाइमरको समस्या समेत रहेको बताइएको छ। तर, उनकी पत्नकीको मृत्यु भने एडभान्स अल्जाइमरका कारण भएको थियो।
६५ वर्षीया अराकावाको मृत्यु हन्टाभाइरस पल्मोनरी सिन्ड्रोमले हुने संक्रमणका कारण भएको स्वास्थ्य अनुसन्धाताले बताएका छन्। अघिल्लो हप्ता अमेरिकाको न्यू मेक्सिकोस्थित आफ्नै घरमा उनको शव भेटिएको थियो। साथमा एक पालुवा कुकुरको समेत शव भेटिएको थियो।
कुकुरको मृत्युको कारण भने अझै खुलिसकेको छैन। यद्यपि, अनुसन्धान अधिकारीहरुले कुकुरमा हन्टाभाइरस नहुनसक्ने अनुमान गरेका छन्। ओस्कार विजेता ह्याकम्यान हलिउडमा चर्चित मध्ये एक थिए। दुई दशकभन्दा बढी समय उनले अभिनय गरेका थिए।