काेचबिहार: काेचबिहार महाराजा जितेन्द्र नारायण मेडिकल कलेज एण्ड अस्पतालमा चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै हंगामा भएको छ। १३ वर्षीया देवस्मिता साहलाई सास फेर्न गाह्रो भएको भन्दै अस्पताल भर्ना गरिएको थियो। त्यसपछि ड्युटीमा रहेका चिकित्सकले उनलाई पाँचवटा इन्जेक्सन दिएपछि १३ वर्षीया देवस्मिता बेहोस भइन् र उनको मृत्यु भयो। घटनाबारे परिवारले कोतवाली पुलिस चौकीमा लिखित उजुरी दिएका छन्। मृतक बालिका बक्सिरहाटनिवासी रहेको बताइएको छ। हिजो उनी परिवारसहित विवाहमा सहभागी भएका थिए। त्यहीँ बिरामी परे। देबस्मितालाई डाउन सिन्ड्रोम भएको परिवारले बताए।