टायर रिसाेलिंग कारखानामा आगलागी, अवैध रुपमा कारखाना सञ्चालन गरेको आरोप    

IMG-20250307-WA0205

उत्तर दिनाजपुर: आज बिहान टायर रिसाेलिंग गर्ने कारखानामा आगलागी हुँदा सो क्षेत्रमा त्रास फैलिएको छ। घटना रायगञ्जको सोहरोई क्षेत्रमा भएको हो। यो टायर रिसाेलिंग गर्ने कारखानाका सञ्चालकले लामो समयदेखि अवैध रुपमा सञ्चालन गर्दै आएको स्थानीयको गुनासो छ।आज बिहान स्थानीयले कारखानाबाट धुवाँ निस्किएको देखे। दमकललाई खबर गरिएको थियो। घटनाको खबर पाएलगत्तै दुई दमकल घटनास्थलमा पुगेका थिए। दमकलले निकै प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो।सञ्चालकले लामो समयदेखि अवैध रूपमा कारखाना सञ्चालन गरिरहेको स्थानीयवासीले गुनासो गरेका छन्। यस घटनाको तत्काल प्रशासनले छानबिन गर्नुपर्ने स्थानीयको भनाइ छ।

यता दमकल विभागका एक अधिकारीले घटनाको खबर पाएलगत्तै दमकल पुगेको र लामो प्रयासपछि आगो नियन्त्रणमा लिएको बताए। तर आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ। आगलागीबाट भएको क्षतिको विवरण पछि आउनेछ। टायर रिसाेलिंग गर्ने कारखानामा आगो सुरक्षाका उपायहरू छन् कि छैनन् भनेर पनि अनुसन्धान भइरहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement