काेचबिहारमा बेपत्ता व्यक्तिको शव फेला परयो

IMG-20250307-WA0217

काेचबिहार: हिजोदेखि बेपत्ता एक व्यक्तिको शव काेचबिहारको सागरदिघी कोर्ट घाटबाट फेला परेको छ। मृतकका परिवारले घटनाबारे हिजो काेचबिहार कोतवाली थानामा लिखित उजुरी दिएका थिए। मृतक बुद्धदेव भौमिक रहेको र उनि अन्दाजी ५० वर्ष रहेको पारिवारिक स्रोतले जनाएको छ। उनी काेचबिहारको तल्लीतला नजिकैको क्षेत्रमा बस्थे। आज बिहान ११.३० बजे स्थानीयले ती व्यक्तिको शव पोखरीमा तैरिरहेको देखे र काेचबिहार कोतवाली थानालाई खबर गरेका थिए। यसपछि पुलिसले यहाँ पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिए र पोस्टमार्टमका लागि काेचबिहार एमजेएन मेडिकल कलेज अस्पतालमा पठाएको थियो।

 

घरबाट सुसाइड नोट फेला परेपछि परिवारका सदस्यले पुलिस चौकीमा बुझाएपछि सुरुमा ती व्यक्तिले आत्महत्या गरेको पुलिस स्रोतले जनाएको छ। यद्यपी, काेचबिहार कोतवाली थानाको पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement