बालुरघाट: दक्षिण दिनाजपुर जिल्लाको बालुरघाट शहरमा पश्चिम बङ्गाल आशा वर्कर्स युनियनले ६ बुँदे मागका सम्बन्धमा जिल्ला मुख्य स्वास्थ्य अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। प्रतिनिधिमण्डलको मुख्य मागमा आशा कार्यकर्तालाई सरकारी मान्यता र भत्ता बृद्धि गर्नु परेको छ। सो अवसरमा प्रमुख स्वास्थ्य अधिकृतको कार्यालय परिसरमा विशेष सुरक्षा व्यवस्था गरिएको थियो। आन्दोलनरत आशा कार्यकर्ताले आफ्ना माग पूरा नभए आगामी दिनमा अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी दिएका छन्।