काठमाडौं: सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँछन। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो गतिविधिबारे टिप्पणी गर्दै उनले ‘आफ्नो हैसियत बिर्सनु’ जस्तै भएको बताए। उन
उनले भने, ‘म फेरि फर्किन्छु’ जस्ता कार्यहरू वास्तविकताबाट विचलित भएको प्रमाण हुन्।’ साथै मन्त्री गुरुङले आफ्नो परिवार र संस्थाको रक्षा गर्न नसक्नेले देशको रक्षा कसरी गर्ने?
मन्त्री गुरुङले भने, ‘हामीले दिएको उदार व्यवस्था उनले बिर्सिए। राजाले कसरी देश बचाउने? राजाले देश बचाएको संसारको कुन देश हो? आफ्नो ज्यान जोगाउन नसक्ने, आफ्नो दरबार र परिवारलाई जोगाउन नसक्ने राजतन्त्रको औचित्य के हो?’ उनले राजतन्त्रलाई राजतन्त्र फिर्ता ल्याउन नसक्ने बताए।