उत्तर बंगालका पाँच प्रतिनिधि सहभागी हुने
सिलगढी: अन्तर्राष्ट्रिय महिला दिवसको क्रमामा १० मार्चमा दिल्लीमा विद्यार्थी संसदको आयोजना हुँदैछ। विद्यार्थी संसदमा उत्तर बङ्गालका पाँच जना प्रतिनिधि रहनेछन्। अखिल भारतीय विद्यार्थी परिषद्को उत्तर बङ्गाल प्रान्तका सहसचिव अभिजित रोयले भने कि यस अवधिमा राज्यमा महिला हिंसा र महिलाको समस्यालाई उठाइनेछ र तिनको समाधानका उपायहरू पनि उजागर गरिने छ।