सिलगढी: सिलगढी डिभिजनको विधाननगर थानाको पुलिसले ग्यास ट्याङ्करको आडमा गाई तस्करी गर्ने प्रयास गरेको आरोपमा सिलगढी डिभिजनको दंगापाडा क्षेत्रबाट १६ गाईसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने ४५ बर्षीय खुनसुद खान हुन्। उनी उत्तर प्रदेशको सामली जिल्लाका बासिन्दा हुन्। विधाननगर पुलिस थानाको पुलिस स्रोतका अनुसार ग्यास ट्याङ्करबाट १६ गाई बरामद भएको छ। यी गाईहरू बिहारबाट ल्याएर धुपगुडी लगिएको थियो। त्यहाँबाट तस्करहरूले उनीहरूलाई आसाम हुँदै बंगलादेश लैजान खोजेका थिए।

पक्राउ परेका व्यक्तिलाई बिहीबार सिलगढी डिभिजनल अदालतमा पेश गरिएको थियो।